विराटचोकः गत आर्थिक वर्षको नाफाबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले शेयरधनीलाई करसहित ६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।







