Friday, December 5, 2025
Homeफिचररिभर फल्सले भदौ २३ आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

रिभर फल्सले भदौ २३ आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

विराटचोकः रिभर फल्स पावर लिमिटेडले आज भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुक क्लोज गरेको हुनाले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । असोज १२ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन सकिने सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेंसीशहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन गरी सङ्कलन भएको रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायतका काबु बाहिरको परिस्थितिको कारणले आयोजनाको लागत वृद्धि भई बैंकको ऋण थप भएकोले उक्त आयोजनाका लागि लिएको ऋण कम गर्न प्रयोग गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments