विराटचोकः आज फेरि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
यसअघि आइतबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेका थिए ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।







