विराटचोकः माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
असोज १० गते पोखराको ग्राण्ड होटलमा बिहान ११ बजे २७ औँ वार्षिक साधारण सभा हुने भएको हो । सो साधारणसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सो साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८ दशमलव २५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते बुक क्लोज गर्ने भएकाले भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।







