विराटचोकः आज फेरि सुनको भाउले नयाँ कीर्तिमानी बनाएको छ । सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ बढेर बुधबार कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको हो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४९० रुपैयाँ रहेको छ ।
हिजो सुन र चाँदी दुवैको भाउ स्थिर रहेको थियो ।
सम्बन्धित समाचारहरूः







