Friday, December 5, 2025
Homeफिचरसातामा ६१ अङ्क घट्यो नेप्से

सातामा ६१ अङ्क घट्यो नेप्से

विराटचोकः यो साता नेप्से परिसूचक ६१ दशमलव २२ अङ्कले घटेको छ । जुन घटाइ २ दशमलव २० प्रतिशत हो ।

यो साता २७८१ बिन्दुबाट शुरु भएको नेप्से परिसूचक २७१९ दशमलव ७७ मा आएर बन्द भएको छ । यो साता नेप्से उप–सूचकाङ्कतर्फ जलविद्युत क्षेत्रमा सबैभन्दा ठूलो गिरावट आएको छ । यो उपसूचक ३ दशमलव २८ प्रतिशतले घटेको छ । त्यसपछि वित्त र लघुवित्त क्रमश ३ दशमलव १५ प्रतिशत र २ दशमलव ९१ प्रतिशतले घटेको छ ।

यो साता युनियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० दशमलव ३९ प्रतिशतले बढेको छ । पिपुल्स पावर लिमिटेडको शेयर मूल्य १७ दशमलव ७९ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सबैभन्दा धेरै १ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments