विराटचोकः भदौ महिनाका हरेक शनिबार ‘नझरेका फूलहरू’ले साहित्यिक र साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । भदौ महिनालाई सृजनात्मक महिना बनाउन नझरेका फूलहरूले कार्यक्रम गर्ने नझरेका प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभएको छ ।
घिमिरेका अनुसार पहिलो शनिबार गजलकार राज भट्टराईले आफ्ना गजल सुनाउनुहुने भएको छ । सो कार्यक्रममा स्रष्टा हर्कमान तामाङ सभापति र कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहनुहुने भएको छ । भदौ महिनाका प्रत्येक शनिबार फरकफरक स्रष्टा प्रस्तुत गरिने उहाँले जनाउनुभएको छ ।
कार्यक्रमहरू सुन्दरहरैँचाको खोर्सानेस्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा आयोजना हुने भएको छ ।







