विराटचोकः यस हप्ता शेयर बजार मापक परिसूचक नेप्से १ दशमलव ०९ प्रतिशतले घटेको छ । अघिल्लो हप्ता २७८८.३६ बिन्दुमा अडिएको नेप्से सूचकाङ्क यो साता २७५७ दशमलव ९७ बिन्दुमा रोकिएको हो ।
आइतबार सबैभन्दा बढी ७ अर्ब ७३ करोडको कारोबार भएको थियो भने अन्तिम दिन बिहीबार सबैभन्दा कम ५ अर्ब २ करोडको रुपैयाँको कारोबार भएको छ ।
सातामा नेप्सेको अन्य समूह सबैभन्दा बढी २.४५ प्रतिशतले घटेको छ । त्यसपछि वित्त र व्यापार १.९० प्रतिशत र १.८८ प्रतिशतले घटेका छन् ।







