विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार २९० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो ।







