Friday, December 5, 2025
Homeफिचरनेकपा एमाले लेटाङको नगर अधिवेशन भोलि

नेकपा एमाले लेटाङको नगर अधिवेशन भोलि

लेटाङः नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशन भदौ ६ गते हुने भएको छ ।

कार्यवाहक नगर अध्यक्ष बालकुमार श्रेष्ठका अनुसार प्रतिनिधि छनोट गर्दा ३३ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवा रहनुपर्ने व्यवस्थालाई ध्यान दिइनेछ । पालिका कमिटी सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको १ वर्ष पूरा गरेको वा वडा कमिटी सदस्य वा टोल कमिटी पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

२०८१ सालको पार्टी सदस्यता नवीकरण भई आएकाले मात्र चुन्न वा चुनिन पाउने सर्कुलरमा उल्लेख गरिएको छ । अधिवेशनले ७५ सदस्यीय नगर समिति निर्वाचित गर्नेछ भने ५ सदस्यीय लेखा समिति चयन गर्नेछ ।

अधिवेशन सम्पन्न गर्न जिल्ला समिति सचिव सोमराज थापाको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको छ । जसमा जिल्ला समिति सदस्य अग्नि भट्टराईसहित लेटाङबाट जिल्ला समितिमा प्रतिनिधित्व गर्ने कृष्णकुमारी निरौला, मेनुका आचार्य सुवेदी, चम्पा थापामगर, केशवकुमारी खतिवडा, भूम सूर्यमगर, खेमनाथ ढकाल, रुद्र श्रेष्ठ, रामकुमार श्रेष्ठ र डम्बर राई सदस्य हुनुहुन्छ । वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेलको अध्यक्षतामा गठित ३ सदस्यीय निर्वाचन मण्डलमा अधिवक्ता खेमराज पोखरेल र जिल्ला कमिटी सचिवालय सदस्य योगेद्र सुवेदी सदस्य हुनुहुन्छ ।

नेकपा एमाले लेटाङका तत्कालीन नगर समिति अध्यक्ष कृष्णप्रसाद लुइँटेल अमेरिका गएपछि उपाध्यक्ष बालकुमार श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकिएको थियो ।

जिल्लाका अन्य सबै पालिकाको अधिवेशन भइसके पनि लेटाङ नगर समितिको अधिवेशन गर्ने विषयमा विवाद भएपछि जिल्ला समिति मोरङले अधिवेशनको मिति तय गर्न सकेको थिएन । हालै सुन्दरहरैंचामा बसेको जिल्ला समितिको दोस्रो पूर्ण वैठकले प्रतिनिधि छनौट मिति, विधि, प्रतिनिधि सङ्ख्यालगायतका मापदण्डसमेत उल्लेख गर्दै लेटाङ नगर समितिलाई सर्कुलर गरेपछि भदौ ६ गते अधिवेशन हुने भएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments