Friday, December 5, 2025
Homeफिचरझण्डै १० प्रतिशत घट्यो नेपाल एसबिआई बैंकको खुद नाफा

झण्डै १० प्रतिशत घट्यो नेपाल एसबिआई बैंकको खुद नाफा

विराटचोकः नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो । गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७ दशमलव ५५ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ५ दशमलव ९१ प्रतिशत बढे पनि सञ्चालन मुनाफा ३ दशमलव ६२ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ ।

१० अर्ब ८९ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments