विराटचोकः एभरेष्ट बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा खराब कर्जा ० दशमलव ७१ प्रतिशतबाट घटेर ० दशमलव ३८ प्रतिशत भएको छ ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष बैंकको खुद आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख थियो । बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बैंकले दुई खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी दुई खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । १२ अर्ब ९४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
बढ्यो प्रतिशेयर आम्दानी
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ ।







