Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचामा खुल्यो प्राकृतिक चिकित्सापद्धतिबाट उपचार गराइने आरोग्यधाम नेचुरोप्याथी

सुन्दरहरैंचामा खुल्यो प्राकृतिक चिकित्सापद्धतिबाट उपचार गराइने आरोग्यधाम नेचुरोप्याथी

सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा आरोग्यधाम नेचुरोप्याथी सेन्टर सञ्चालनमा आएको छ । सो सेन्टरको सोमबार ७७ वर्षीय भक्तबहादुर खड्काले उद्घाटन गर्नुभएको छ ।

सो सेन्टरमा अनुभवी चिकित्सकहरूमार्फत् पञ्चकर्म थेरापी, नेचुरोप्याथी, न्युरो थेरापी, कायरोप्राक्टिक थेरापी, अक्युपंचर थेरापीलगायतका पद्धतिबाट उपचार हुने बताइएको छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि र स्वस्थ जीवनशैली प्रवद्र्धनमा जोड दिने सो सेन्टरको उद्देश्य भएको सञ्चालक रामकृष्ण खड्काले बताउनुभयो ।

विशेषगरी नसा तथा हाडजोर्नीसँग सम्बन्धित समस्याको सुलभ शुल्कमा उपचार गरिने चिकित्सक राहुल कालिकोटेले जानकारी दिनुभयो ।

सेन्टर उद्घाटन समारोहमा नसा तथा हाडजोर्नीको उपचार गराइरहेका बिरामी, उनीहरुका परिवार, स्थानीयवासी र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments