विराटचोकः पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ग्रुपले २६ औँ वार्षिकोत्सव तथा डिलर सम्मेलन विराटचोकस्थित नेपालीरिका होटलमा सम्पन्न गरेको छ ।
पीएलओले २५ भन्दा बढी सामाजिक संघसंस्थाहरूलाई ७० लाख रुपैयाँभन्दा बढीको आर्थिक, भौतिक, सामाजिक, संवेदनशीलतासम्बन्धी सहयोग हस्तान्तरण गरेको छ । लोहितगंगा मुक्तिघाट निर्माण समिति, सार्वजनिक शौचालय निर्माण महाअभियान, ट्राफिक तथा जनपद प्रहरीका लागि आवश्यक सामग्री, नगर अस्पताल तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चेयर वितरण गर्ने कार्य पीएलओले गरेको हो ।
कार्यक्रममा डिलरहरू, कर्मचारीहरू, र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रमलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, वर्तमान नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायतले सम्बोधन गर्नुभएको थियो ।







