Friday, December 5, 2025
Homeफिचरवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ दिनमात्रै आईपीओ बिक्री गरिने पहिलो कम्पनी...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ दिनमात्रै आईपीओ बिक्री गरिने पहिलो कम्पनी हुने भो बन्दीपुर केबलकार

विराटचोकः बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ खुला गर्ने भएको छ ।

आइपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुले ५ लाख ६६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५ लाख २९ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसैगरी, वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यसअघि वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आवेदन दिने म्याद १५ दिन हुने गरेकोमा चालु आर्थिक वर्षदेखि त्यसलाई चार दिनमा झारिएको छ ।

स्थानीयले कम्पनीको कार्यालय, तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयरमार्फत् अनलाइन प्रणालीबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पनि ४ दिनभित्रमा आइपीओ किनिसक्नुपर्ने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments