बेलबारीः साहित्यकार केशु विरहीको अध्यक्षतामा ११ सदस्यीय ‘कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक साहित्यिक संस्था शनिबार गठन भएको छ । मोरङको बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भेलाले समिति गठन गरेको हो ।
तदर्थ समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवमा गीता कुलुङ राई र कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले रहनुभएको छ । सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोज विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री र लक्ष्मीप्रसाद फुयल चयन हुनुभएको छ ।
साहित्यकार हर्कमान तामाङको अध्यक्षतामा भएको भेलामा भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुली, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।







