काठमाडौंः परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ११ महिनाको अवधिमा ८९ हजार १९१ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् । १ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरेर सङ्काय अन्तर्गत ७७ हजार २६३ अर्थात् ८६.६३ प्रतिशत र अध्ययन संस्थान अन्तर्गत ११ हजार ९२८ अर्थात् १३ दशमलव ३७ प्रतिशत विद्यार्थीले ग्रेस लिस्ट लिएका हुन् ।
सबैभन्दा धेरै व्यवस्थापन सङ्कायमा ४३ हजार ६१० अर्थात् ४८ दशमलव ९० प्रतिशत हो । शिक्षाशास्त्र सङ्कायमा १६ हजार ४६७ जना अर्थात् १८ दशमलव ४६ प्रतिशत, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार ८५१ जना अर्थात् १६ दशमलव ६५ प्रतिशत विद्यार्थी छन् ।
त्यसैगरी कानुन सङ्कायमा २ हजार ३३५ जना अर्थात् २ दशमलव ६२ प्रतिशत, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ७ हजार ४६४ जना अर्थात् ८ दशमलव ३७ प्रतिशत, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा १ हजार ४६३ अर्थात् १ दशमलव ६४ प्रतिशत, चिकित्साशास्त्र अध्ययन संस्थानमा २ हजार २८० जना अर्थात् २.५६ प्रतिशत, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४७६ जना अर्थात् ०.५३ प्रतिशत र वन विज्ञान अध्ययन संस्थानमा २४५ जना अर्थात् ०.२७ प्रतिशत छन् ।
उच्च शिक्षा तहका आधारमा स्नातकमा ७० हजार ५८६ जना, पीजीडीएसमा १३२ जना, स्नातकोत्तरमा १७ हजार ८८२ जना, एमफिलमा ४२३ जना र विद्यावारिधि÷डिएम÷एमसिएचमा १६८ जनाले अध्ययन पूरा गरेका छन् ।







