विराटचोकः नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आइपीओमा आवेदन दिने अवधि छोट्याएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आइपीओमा आवेदन दिने अवधि छोट्याएर न्यूनतम ४ दिनमा झारेको हो । संशोधित निर्देशिका साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ ।
४ दिनको अवधिमा सबै आइपीओ बिक्री नभएमा भने १५ दिनसम्म बिक्री खुला राख्न पाउने व्यवस्था बोर्डले गरेको छ । हाल भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १५ दिनसम्म आइपीओमा आवेदन दिन पाउँदै आएका छन् ।







