Friday, December 5, 2025
Homeफिचरबजेट सार्वजनिकीकरणलाई लेटाङले दियो निरन्तरता, अन्य पालिकालाई छैन वास्ता

बजेट सार्वजनिकीकरणलाई लेटाङले दियो निरन्तरता, अन्य पालिकालाई छैन वास्ता

खेमचन्द्र अधिकारी
लेटाङः मोरङको लेटाङ नगरपालिकाले नगरवासीलाई आगामी आर्थिक वर्षमा विनियोजन गरिएको बजेटको बारेमा जानकारी दिन एक विशेष समारोह गर्ने गरेको छ । यस पटक पनि प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक हुनुका साथै विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको छ ।

देशभरका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेका छन् । बजेट पारित गरे पनि सर्वसाधारणलाई सामान्यतः त्यसबारेमा जानकारी हुँदैन । नगरसभामा उपस्थित जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलाई मात्रै बजेटको आकार थाहा हुन्छ । सञ्चारकर्मीले सञ्चारमाध्यममार्फत् बजेटको आकारबारे जानकारी दिएपछि मात्रै सर्वसाधारणले थाहा पाउँछन् ।

उत्तरी मोरङको लेटाङ नगरपालिकाले भने नगरवासीलाई बजेटको जानकारी दिन कार्यक्रम नै आयोजना गरी नयाँ अभ्यासको थालनी गरेको छ । गत वर्षदेखि यस्तो अभ्यास थालिएको हो ।

असार ३० गते कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा लेटाङले कार्यक्रम गरी बजेट सार्वजनिक गरेको हो ।

गत वर्ष असार ३० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा पूर्व सांसद, जिल्ला समन्वय समितिका प्रमुख र छिमेकी पालिकाका प्रमुखलाई अतिथिको रुपमा बोलाउनुका साथै नगरवासीलाई उपस्थित गराएर पालिकाले बजेट सार्वजनिक गरेको थियो ।

नगरले सञ्चालन गरेका तालिमबाट सीप सिकेर उद्यमी बनेका नगरवासीलाई आफ्ना उत्पादनको प्रदर्शन र बिक्रीका लागि स्टल बनाएर ठाउँ उपलब्ध गराउने काम पनि नगरले उपलब्ध गराएको थियो । दुई आर्थिक वर्षमा नगरका विभिन्न शाखाले सञ्चालन गरेका योजनाको बारेमा फ्लेक्स बोर्डमार्फत् सार्वजनिक गरेको थियो ।

कार्यक्रममा नगरपालिकाका उत्कृष्ट कर्मचारी, लामो समय शिक्षण गरेर सेवा निवृत्त शिक्षक, अध्यापन र व्यवस्थापनमा उत्कृष्ट ठहरिएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष, उत्कृष्ट विद्यार्थी, खेलाडी, चिकित्सकलगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारहरूः

यी हुन् उत्कृष्ट कार्य गरेबापत लेटाङ नगरपालिकाद्वारा सम्मानित व्यक्ति तथा संस्था

लेटाङले विगत वर्षमा झैँ नगरवासीसामु यसरी गर्याे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

नयाँ अभ्यास गर्दै लेटाङ, बजेट पारित भएपछि पत्रकार सम्मेलन गरी बजेटको जानकारी र सवालजवाफ

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments