धरानः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी हुनुभएको छ । विजयी श्रेष्ठले १६०५ प्राप्त गर्दा प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६४७ मत ल्याउनुभयो ।
असार ३० गते भएको निर्वाचनबाट उद्योग सदस्यतर्फ विष्णु बरालले ५५०, महेन्द्र प्रधानले ५४६, प्रभाव खतिवडाले ५०३ र कृष्णप्रसाद पाठकले ४८१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । सो पदका लागि उमेश अग्रवालले २१३, खड्गबहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मात्र ल्याउनुभएको थियो ।
वाणिज्य महिलातर्फ वर्षा अग्रवाल श्रेष्ठ ८८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
एसोसिएटतर्फ ललित अग्रवालले ११७ मत, राजु साहले ८५ र राजेश अग्रवालले ८० मत प्राप्त गरेर विजयी हुनुभएको छ । सो पदमा अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत पाउनुभएको थियो ।
उद्योग महिलातर्फ मीना राई(मगर) तथा वस्तुगततर्फ नवीनकुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित हुनुभएको थियो ।







