लेटाङः अन्य स्थानीय तहभन्दा फरक तरिकाले बजेट सार्वजनिक गर्ने गरेको लेटाङ नगरपालिकाले असार १० गते पारित गरेको बजेटको बारेमा असार ११ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
लेटाङ नगपालिकाको १७ औँ नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमबारे नगरपालिकाले पत्रकार सम्मेलन गरी पत्रकारहरुलाई जानकारी गराएको हो । बजेटको बारेमा जानकारी दिनुका साथै बजेटको सम्बन्धमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख चेतनाथ गौतमलगायतले दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा लेटाङ, उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचामा क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
लेटाङ नगरपालिकाले नगरवासीलाई असार अन्तिममा बजेटको जानकारी दिन बजेट सार्वजनिक गर्ने कार्यक्रम गर्ने गरेको छ । नगरवासीलाई बजेटको पूर्ण पाठसहितको जानकारी सार्वजनिक रुपमा दिने नयाँ अभ्यास पनि लेटाङले गर्ने गरेको छ ।







