इटहरीः इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वृद्धि गरेको कर घटाउने भएको छ ।
बुधबार सम्पन्न उपमहानगरपालिकाको १३६ औ कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो । उपमहानगरले ५ सय प्रतिशतसम्म कर वृद्धि गरेपछि त्यसको विरोधमा आन्दोलन भएपछि कार्यपालिका सदस्य तथा इटहरी वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो ।
समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि सुवेदीले एकल हस्ताक्षर गरेर राजस्व परामर्श समितिलाई प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदन अघिल्लो कार्यपालिका बैठकमा नगर उपप्रमुख सङ्गीता चौधरीले पेस गरेकी थिइन् ।
पुस २३ गते हुने नगर सभाले कर समायोजन गरेपछि लागू हुने बताइएको छ ।
सुन्दरहरैंचाले बढाएको करको दर समायोजन नगरे पुस १६ देखि आन्दोलन गर्ने चेतावनी