Tuesday, December 24, 2024
Homeअर्थसुन्दरहरैंचाले बढाएको करको दर समायोजन नगरे पुस १६ देखि आन्दोलन गर्ने चेतावनी

सुन्दरहरैंचाले बढाएको करको दर समायोजन नगरे पुस १६ देखि आन्दोलन गर्ने चेतावनी

सुन्दरहरैंचाः मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् । बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गर्दै पुस १५ गतेभित्रमा कर समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले दिएका हुन् ।

दलहरुले भदौमा करवृद्धि विरुद्ध आन्दोलन गरेपछि सुन्दरहरैचा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा कर समायोजनका लागि अध्ययन गर्न कार्यदल गठन भएको छ । आन्दोलनरत पक्ष र नगरसँग पटकपटक वार्ता भइरहेको र गत मंसिर १० गते भएको वार्तामा पुस १५ भित्र हिउँदे नगर अधिवेशन बोलाएर कर संशोधन गर्ने सहमति भएको थियो । तर नगरले अधिवेशन बोलाउने तयारी नगरेपछि आनेलनरत पक्षले समयसीमाभन्दा १० दिन अघि पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा आन्दोलनरत पक्षले विभिन्न १५ वटा आरोप पनि लगाएको छ । आरोपत्र सम्मिलित प्रेस नोटमा नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्र नगर अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तिलकप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैचाका सभापति टेकमणि न्यौपाने (विवेक), जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष पुरन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष शंकर देवान, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments