नगरकोटः भक्तपुरको नगरकोटमा नेपालकै लामो जीपलाइन सञ्चालनमा आएको छ ।
करिब ५ करोड लगानीमा नगरकोट जीपलाईन प्रा.लि. ले निर्माण एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जीपलाइन निर्माण गरेको हो ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो जीपलाइनको उद्घाटन गरेका छन् । मन्त्री किरातीले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रमा जीपलाईन सञ्चालनमा आउनु सुखद भएको बताए । जीपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ को भूभागमा २ हजार २५० मिटर लामो छ ।
जीपलाइनका सञ्चालक केदार थापाले सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जीपलाईन सञ्चालन गरिएको बताए ।