Friday, December 5, 2025
Homeधर्म र संस्कृतिगछियाको देवस्थल शिवालय किरातेश्वर मन्दिरमा सोमबारदेखि श्रावण मासोत्सव हुने

गछियाको देवस्थल शिवालय किरातेश्वर मन्दिरमा सोमबारदेखि श्रावण मासोत्सव हुने

गछियाः मोरङको सुन्दरहरैंचा–५ स्थित देवस्थल शिवालय किरातेश्वर मन्दिरमा गत वर्ष झैँ यस वर्ष पनि श्रावण मासोत्सव आयोजना हुने भएको छ ।

आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी द्वितीय श्रावण मासोत्सव मूल आयोजक समितिले दिएको जानकारी अनुसार असार ३० गतेदेखि साउन २६ गतेसम्म विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिने भएको हो ।

महादेवको प्रतिष्ठा गरिएको पवित्र तीर्थस्थलका रूपमा स्थापित सो मन्दिरमा प्रत्येक वर्ष श्रावण महिनाको सोमबार विशेष पूजाआजा तथा धार्मिक कार्यक्रमहरू आयोजना हुँदै आएको छ । यसपटकको मासोत्सवमा बिहान दर्शन–शिवाभिषेक, यज्ञ–हवन, दुग्धाभिषेक, शिवपुराण पाठ, भजन–कीर्तन, शिवगुरु सम्मेलन, र सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

मन्दिरका संरचना, धर्मशाला, पर्खाल, गेट, उद्यान, शिवलिंग लगायतका निर्माण कार्यहरूमा समाजसेवी, श्रद्धालु तथा भक्तजनहरूको अतुलनीय योगदान रहेको र तिनको निरन्तर संरक्षण आवश्यक रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्दिर व्यवस्थापन समिति र द्वितीय श्रावण मासोत्सव मूल आयोजक समितिले भक्तजन, श्रद्धालु र शुभेच्छुकलाई मासोत्सवमा सहभागी हुन अनुरोध गरेका छन् ।

समितिका सदस्य सचिव बलराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महोत्सवलाई भव्य, शालीन र श्रद्धायुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रियता रहने अपेक्षा गरिएको छ ।

मासोत्सवमा साउन महिनाभर तारा कुइँकेलले पाठ पारायण गर्नुहुने भएको छ । विभिन्न विद्वानहरुले हरेक दिन शिवमहिमाको जानकारी दिने आयोजकले जनाएको छ ।

दिवङ्गत समाजसेवी तथा वरिष्ठ चिकित्सक डा. पिनाकीप्रसाद आचार्यद्वारा वि. सं. २०३७ सालमा ४ कठ्ठा जमिन प्रदान गरेपछि २०३९ सालमा मन्दिर स्थापना भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments