Friday, December 5, 2025
Homeफिचरत्रिवि दीक्षान्त समारोह अब संस्थान र सङ्कायअनुसार हुने

त्रिवि दीक्षान्त समारोह अब संस्थान र सङ्कायअनुसार हुने

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह अब अध्ययन संस्थान र सङ्काय अनुसार फरक–फरक समयमा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि सभाले समारोहको मोडालिटी परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो ।

गत १३ पुसमा दशरथ रंगशालामा १४ हजार ३०८ जना विद्यार्थीलाई दीक्षित गर्दा अस्तव्यस्त भएपछि त्रिविले समारोहको मोडालिटी परिवर्तन गरेको हो । त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालका अनुसार अब हुने दीक्षान्त समारोह संस्थान र सङ्कायअनुसार फरकफरक हुनेछ । यसअघि त्रिविले कुलपति बोलाएर सबैलाई एकै दिन दीक्षित गर्ने गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments