विराटचोकः नेपाल स्टक एक्सचेञ्जले अबदेखि अडलट अर्थात् १० कित्ता भन्दा कम कित्ता शेयरको पनि नियमित रुपमा कारोबार हुने भएको छ ।
नेप्सेको प्राविधिक टोलीले तयारी अन्तिम अवस्थामा पुर्याएको बताइएको छ । लगानीकर्ताले नेप्सेको वेबसाइटमा मार्केट डेप्थमा क्लिक गरेपछि अडलटको अप्सन आउने बताइएको छ ।
अडलटमा क्लिक गरेपछि लगानीकर्ताले कुन कम्पनीको शेयर कति कित्ता किनबेच गर्न राखिएको छ भनेर देख्नेछन् । त्यसपछि अन्य शेयरजस्तै अडलट शेयर पनि सहजै किनबेच हुनेछ ।







