विराटचोकः नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा कारोबार बढाउने गरी सम्बोधन भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको मौद्रिक नीतिमा घरजग्गामा केही लचिलो व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पु¥याइएको छ । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्याङ्कन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो ।
अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यसअघि घरजग्गा खरिदमा कुल मूल्यको ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था थियो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक







