विराटनगरः भोलिदेखि विराटनगरमा मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ देशका उत्पादनका २ सय ४० स्टल हुने भएका छन् ।
विराटनगर– २ विराट नर्सिङ होम नजिक पुस १६ गतेसम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका उत्पादनहरु राखिने बताइएको छ ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै कोशी प्रदेशको महत्व झल्कने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी हुने आयोजकले जनाएको छ । लगभग १० करोडको कारोबार हुने अपेक्षा गरिएको एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम, सेल्फी जोन, किड जोन, ५५ फिट अग्लो आईफिल टावरको आकृति निर्माण गरिएको एक्स्पोका संयोजक अनिलकुमार साहले बताए ।







