सुन्दरहरैंचाः साताको अन्तिम कारोबार दिन आज प्रि ओपन सेसनमा नेप्से सूचक ६ दशमलव २८ अंक अर्थात् ० दशमलव २९ प्रतिशतले बढेको छ ।
प्रि ओपनमा ५५ कम्पनीको ९ हजार ७ सय ८३ कित्ता शेयर १५२ पटक किनबेच हुँदा ३१ लाख ७२ हजार ६९७ रुपैयाँको शेयर किनबेच भएको छ ।
५५ कम्पनीको शेयर किनबेच हुँदा ३५ कम्पनीको भाउ बढेको छ ।
तीन वटा आईपीओ पनि आज पहिलो पटक कारोबारमा आएका छन् ।







