Tuesday, December 24, 2024
Homeअर्थशेयरनेपाल वेयर हाउजिङ्ग, चिरख्वा र भिजन लुम्बिनीको कारोबार शुरु, लाग्यो सकारात्मक सर्किट

नेपाल वेयर हाउजिङ्ग, चिरख्वा र भिजन लुम्बिनीको कारोबार शुरु, लाग्यो सकारात्मक सर्किट

सुन्दरहरैंचाः स्पेसल प्रि ओपन सेसनमा नेपाल वेयर हाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।

नेपाल वेयर हाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको थियो ।
चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको थियो भने भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

नेप्सेले नेपाल वेयरहाउजिङका लागि शुरुवाती मूल्य ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसा तोकेको थियो ।
भिजन चिरख्वाका लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसा र लुम्बिनीको शुरुवाती मूल्यका लागि १२१ रुपैयाँ ७८ पैसादेखि ३६५ रुपैयाँ ३४ पैसा दाम तोकेको थियो ।

यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएका थिए ।
तीनवटै कम्पनीमा १० प्रतिशतले मूल्य बढेकाले सर्किट ब्रेक लागेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments