विराटचोकः अभियान लघुवित्तको १५ लाख ३७ हजार ५०० कित्ता सेयरको ‘लक इन’ अवधि साउन २९ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी र कर्मचारीहरुले होल्ड गरेको शेयर अब भदौ १ गतेबाट कारोबारका लागि योग्य हुनेछ ।
सो लघुवित्तको १५ लाख २५ हजार कित्ता संस्थापक शेयर र १२ हजार ५०० कित्ता कर्मचारीहरुको शेयर ‘लक इन’ रहेको छ ।
लघुवित्तले २०७९ साल साउन ३० गते प्राथमिक शेयर बाँडफाँड गरेको थियो ।







