Friday, December 5, 2025
Homeफिचरवरुण हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

वरुण हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

विराटचोकः वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर अङ्कित मूल्य १०० रुपैयाँमा बिक्री गर्न लागेको हो ।

हकप्रद शेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेकाले जेठ २१ गतेसम्म कायम लगानीकर्ता हकप्रद शेयरको हकदार हुनेछन् । हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले जनाएको छ ।

सो हकप्रदमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत् पनि आवेदन दिन सकिनेछ ।

सो कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments