Friday, December 5, 2025
Homeअर्थगभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड, सुन ४५ तोला, एउटा गाडी, हीरा...

गभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड, सुन ४५ तोला, एउटा गाडी, हीरा १५ लाख रुपैयाँको

काठमाडौंः हालै नियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण प्रस्तुत गर्नुभएको छ । सुन, गाडी र हीराबाहेक उहाँको सम्पत्ति साढे १६ करोड रुपैयाँबराबरको छ ।

गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने प्रतिभा शर्माको नाममा ३ वटा छन् । बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख छ । दुई वटा डलर खाता पनि छ । त्यस्तै उहाँसँग रहेको डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।

प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । पौडेल सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जीका संस्थापक तथा साधारण शेयर होल्डर हुनुहुन्छ । ग्लोबेकोमा प्रतिभा शर्माका नाममा पनि लगानी छ ।

पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन उल्लेख गर्नुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments