विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र इष्ट नेटवर्क प्रालिको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा हिजोदेखि कौसी खेती तालिम शुरु भएको छ ।
आजसम्म सञ्चालन हुने तालिममा सो वडाका ३० जनाको सहभागिता रहेको छ । सुन्दरहरैंचाको कृषि शाखाका सुदीप भण्डारीले तालिमको सहजीकरण गरिरहनुभएको छ ।
तालिमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य रुकमिणी घिमिरेले गर्नुभएको थियो ।







