Friday, December 5, 2025
Homeफिचरलेटाङमा वडा नम्बर १ मा सबैभन्दा बढी बजेट

लेटाङमा वडा नम्बर १ मा सबैभन्दा बढी बजेट

लेटाङः आगामी आर्थिक वर्षका लागि मंगलबार लेटाङ नगरपालिकाको १७ औँ नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रममा सबैभन्दा बढी बजेट वडा नम्बर १ मा विनियोजन गरिएको छ । संघीय सरकार र नगरपालिकाको सहकार्यमा वडा नम्बर १ स्थित राजारानीमा निर्माणाधीन अन्तरधार्मिक शान्ति पार्कका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

सो योजना नगरपालिकाकै सबैभन्दा बढी बजेट विनियोजन भएको नगरको गौरवको योजना हो । वडा नम्बर १ कै लोखरा र लाखमा सडक कालोपत्रे गर्नका लागि नगरबाट ६० लाख र प्रदेशबाट ४० लाख गरी एक करोड बजेट छुट्टिएको छ ।

वडा नम्बर १ को मुर्चुङ्गी खोलामा पुल निर्माणका लागि ३६ लाख र कोलबोटे खोलामा कजवेका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

वडा सिलिङ अन्तर्गत पनि वडा नम्बर १ ले नै सबैभन्दा बढी बजेट पाएको छ ।

लेटाङको बजेट ६१ करोड ६ लाख रुपैयाँ

नयाँ अभ्यास गर्दै लेटाङ, बजेट पारित भएपछि पत्रकार सम्मेलन गरी बजेटको जानकारी र सवालजवाफ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments