दुलारीः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचाको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु सचिन रेग्मी र सभ्यता पोखरेल चीनको सांघाईमा सञ्चालन हुने १९औं सांघाइ इन्टरनेशनल युथ इन्टर्याक्टिभ फ्रेण्डसीप क्याम्पमा सहभागी हुनुहुने भएको छ ।
सो कार्यक्रममा सहभागी हुन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उहाँहरुलाई मनोनयन गरेको छ । विश्वस्तरको सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय मित्रताको अभिवृद्धिका लागि सो कार्यक्रम आयोजना हुने गर्दछ ।







