Friday, December 5, 2025
Homeफिचरअपर सोलु हाइड्रोको १ करोड १५ लाख कित्ता शेयरको लक इन अवधि...

अपर सोलु हाइड्रोको १ करोड १५ लाख कित्ता शेयरको लक इन अवधि असार २९ गते सकिने

विराटचोकः अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लक इन अवधि असार २९ गते समाप्त हुने भएको छ ।

सो कम्पनीको संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको शेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

सो शेयरमध्ये १ करोड १ लाख ९२ हजार ५ सय कित्ता संस्थापक शेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १३ लाख ५० हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३९ हजार १५० कित्ता रहेको छ ।

धितोपत्र बोर्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments