Friday, December 5, 2025
Homeफिचरअसार १६ गतेदेखि तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला हुने

असार १६ गतेदेखि तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला हुने

विराटचोकः तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुक क्लोज गरेको थियो । जसका कारण जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन पाइने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छथर, म्याङलुङ, फेदाप र संक्रान्तिबजार शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छ्यायाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानीका लागि प्रयोग गर्ने भएको छ । हाल कम्पनीको माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ४ पैसा ऋण रहेको छ । हकप्रद शेयरबाट संकलन भएको रकममध्ये १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंकमा तथा नबिल बैंक र ग्लोबल आइएमई बैंकमा १२–१२ करोड रुपैयाँ भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments