Friday, December 5, 2025
Homeफिचरनिवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरका १० रुपैयाँका नयाँ नोट सोमबारदेखि चल्तीमा

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरका १० रुपैयाँका नयाँ नोट सोमबारदेखि चल्तीमा

काठमाडौंः नेपाल राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको १० रुपैयाँ दरको नयाँ नोट सोमबारदेखि चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकले १० रुपैयाँ दरको साविककै आकार तथा रङमा संकेत नं. द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्म नयाँ नोट चलनचल्तीमा ल्याइएको जानकारी गराएको छ ।

राष्ट्र बैंकले यसअघि २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ १० दर (सिरिज २०२०) को बैंक नोट संकेत नं ढ ८२ ०००००१ देखि द ४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ढ ८२ ०००००१ देखि द ३१ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको पनि जानकारी गराएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments