विराटचोकः महिनाको दोस्रो दिन झिनो अंकले बढेको बजारमा कारोबार रकम १३ अर्बभन्दा बढी भएको छ । होटल तथा पर्यटन उपसमूह सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले बढेको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । जलविद्युत समूह १ प्रतिशतले घटेको छ ।
आज नेप्से २ दशमलव ८० अङ्क अर्थात् ० दशमलव १० प्रतिशत बढेर २६५८ दशमलव ६६ विन्दुमा रोकिएको छ ।
आज ३१८ कम्पनीको १ लाख ५ हजार ६३५ पटकको कारोबारमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँको शेयर किनबेच भएको छ । ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको बजारमा पियोर इनर्जी र पिपुल्स पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बजार बढे पनि अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक साढे ७ दशमलव ५८ प्रतिशत घटेको छ ।
करोबार रकमका आधारमा आज सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९५ करोड १६ लाख २२ हजार ६८७ रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा जलविद्युत समूहका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २९ अर्ब ४६ करोड ७४ लाख ५० हजार ९४२ रुपैयाँ निर्धारण भएको छ ।







