विराटचोकः सुन्दरहरैंचा नगरपालिकाभित्र बैशाख महिनामा विभिन्न घटना भएका छन् । स्थानीय तथा राष्ट्रिय स्तरमा महत्व राख्ने घटना भएका छन् । यस्ता छन् केही महत्वूर्ण घटनाः
१ बैशाख
सुन्दरहरैंचा–४ मा पहिले सञ्चालनमा रहेको र हाल बन्द अवस्थामा रहेको त्रिवेणी रिसोर्ट नयाँ व्यवस्थापनसँगै गोदावरी रिसोर्टको नामबाट सञ्चालन शुरु
पहिलो पाइला नेपाल सुन्दरहरैंचाद्वारा एक रुपैयाँ सहयोग अभियान प्रारम्भ
२ बैशाख
नझरेका फूलहरुको आयोजनामा भएको पलेँटी साँझको ४५ औँ शृङ्खलामा सुन्दरहरैंचाका कवि सिजन श्रेष्ठको प्रस्तुति
४ बैशाख
विराटचोकवासीलाई असर पारेको भन्दै विराटचोक– घिनाघाट सडक निर्माणको विषयमा सुन्दरहरैंचा नगरपालिकामा छलफल
५ बैशाख
सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविको १६ कोठे भवन शिलान्यास गरिएको छ । शिलान्यास समारोहका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।
६ बैशाख
तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सुन्दरहरैंचा–१ स्थित पचाम खेलमैदानमा शुरु । उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच
सुकुना बहुमुखी क्याम्पसको आयोजनामा पूर्वमै पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुरु । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभएको थियो ।
७ बैशाख
संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर गुरुङलाई मातृशोक । सभासद् गुरुङकी आमा दिलकुमारी गुरुङको १०२ वर्षको उमेरमा निधन
सुकुना बहुमुखी क्याम्पसको आयोजनामा पूर्वमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न । सम्मेलनमा पाँच विदेशी विश्वविद्यालय एवम् पाँच स्वदेशी विश्वविद्यालयका साथै विभिन्न क्याम्पस तथा अनुसन्धान प्रतिष्ठानका गरी ३३१ जना प्रतिनिधिहरू सहभागी । दुई दिनमा सात ओटा कि नोट, १० ओटा प्लेनरी र ४९ ओटा समानान्तर सेसनका पेपर प्रिजेण्टेसन गरी जम्मा ६७ वटा अवधारणापत्र प्रस्तुत
९ बैशाख
सुन्दरहरैंचा नगरपालिका–३ स्थित लक्ष्मीनारायण मन्दिरको भवनमा नागरिक आरोग्य सेवा केन्द्र प्रारम्भ । प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र विशिष्ट अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईँद्वारा संयुक्त रूपमा उद्घाटन । सहज रूपमा आयुर्वेदिक उपचार प्रदान गर्नका लागि सञ्चालन गरिएको यो केन्द्रले नागरिकहरूलाई स्वास्थ्य सेवामा टेवा पु¥याउने विश्वास ।
१० बैशाख
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई प्रदान
१३ बैशाख
तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल सम्पन्न । आयोजक सुन्दरहरैंचा पथरीशनिश्चरे नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै विजेता बन्न सफल
१६ बैशाख
सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप शिविर शुरु । सुन्दरहरैंचा नगरपालिकाको पशुपंक्षी शाखाद्वारा आयोजित कार्यक्रममा प्राविधिक सहयोग नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीद्वारा प्रदान
१७ बैशाख
सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो सार्वजनिक सुनुवाइ वडा नम्बर १ को कार्यालय हरैँचामा सम्पन्न
२० बैशाख
सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित कृति ‘सेवाका सारथी रामप्रसाद काफ्ले’ विमोचन । सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा कृति लोकार्पित
२१ बैशाख
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ विराटचोकमा रुस्किम युनिसेक्स सैलुन तथा ट्रेनिङ सेन्टरको सेवा प्रारम्भ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीद्वारा सैलुनको उद्घाटन
२४ बैशाख
सुन्दरहरैँचा–११ शुक्रबारेमा बन्ने लोहितगंगा मुक्तिघाटको मलामीघरको शिलान्यास । नगरप्रमुख केदारप्रसाद गुरागाईंले शिलान्यास गर्नुभएको मलामीघरसँगै घाटको नाममा जग्गा प्राप्त भएपछि घाट निर्माण शुरु हुने मुक्तिघाट व्यवस्थापन समितिका अध्यक्ष नवराज चापागाईँद्वारा जानकारी ।
नझरेका फूलहरूको आयोजनामा इटहरीस्थित होटल मादेन इनमा ‘२५ मिनेट दिनेश दाइसँग’ कार्यक्रम सम्पन्न । कार्यक्रममा साहित्यकार दिनेश अधिकारी र उहाँकी धर्मपत्नी उषा अधिकारीलाई सम्मान ।
२६ बैशाख
सुविजीमुर मेमोरियल माविको ३१ औँ अभिभावक दिवसमा सञ्चारकर्मी मणिराम दाहाल सम्मानित
२७ बैशाख
नझरेका फूलहरुको आयोजना तथा धरान संगीत प्रतिष्ठानको सहकार्यमा धरानमा भएको पलेँटी साँझको ४६ औँ शृङ्खलामा सुन्दरहरैंचाका कवि पुरन याख्खाको प्रस्तुति
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औँ साधारणसभामा सञ्चारकर्मी शिवप्रसाद भट्टराई सम्मानित
नझरेका फूलहरुको आयोजना तथा धरान संगीत प्रतिष्ठानको सहकार्यमा धरानमा भएको पलेँटी साँझमा सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी सम्मानित
राइडर्स महफिलको आयोजनामा भएको गजल वाचन तथा कृति विमोचन कार्यक्रममा सोमप्रसाद भट्टराईको खण्डकाव्य ‘अतीतदर्पण’ विमोचित
२९ बैशाख
बुद्ध जयन्तीको अवसर पारी इन्द्रपुर जेसीजद्वारा जेसीज भिलेज अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ बानडाँडामा ४ घरको शिलान्यास
३१ बैशाख
स्थानीय विपद् व्यवस्थापनका लागि सुन्दररैंचा नगरपालिकामा आवासका लागि सहयोग समूह (लुमन्ती) को आयोजनामा अन्तरसंवाद कार्यक्रम सम्पन्न ।







