Friday, December 5, 2025
Homeखेलकुदबालसदनकी रेवाले जितिन् राष्ट्रपति रनिङ शिल्डमा पदक

बालसदनकी रेवाले जितिन् राष्ट्रपति रनिङ शिल्डमा पदक

विराटचोकः यही जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्डअन्तर्गत तेक्वान्दो खेलको पुम्से विधामा रेवा काफ्लेले कास्य पदक जित्नुभएको हो ।

काफ्ले सुन्दरहरैंचा– ९ मा रहेको बालसदन एकेडेमीकी विद्यार्थी हुनुहुन्छ । उहाँ नगर, जिल्ला तथा प्रदेश स्तरमा स्वर्ण पदक जित्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुनुभएको थियो ।

काफ्लेले स्थानीय स्तरमा तेक्वान्दो खेलाडीको रुपमा पहिचान बनाउनुभएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा विभिन्न पदकहरू जितेर आफूलाई सफल खेलाडीको रूपमा प्रमाणित गर्नुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments