Friday, December 5, 2025
Homeफिचरनेपाल तामाङ संघ कोशी प्रदेशको सचिवमा देवेन्द्र लामा निर्विरोध निर्वाचित, तामाङलाई खोज्दै...

नेपाल तामाङ संघ कोशी प्रदेशको सचिवमा देवेन्द्र लामा निर्विरोध निर्वाचित, तामाङलाई खोज्दै पार्टी आउने स्थिति बनाउने उद्घोष

इटहरीः नेपाल कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघको पहिलो अधिवेशन शुक्रबार इटहरीमा सम्पन्न भएको छ । अधिवेशनबाट पाँचथरका युवा देवेन्द्र लामा सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित लामाले शिखरबास खबरसँगको टेलिफोन संवादमा तामाङ जातिलाई खोज्दै पार्टी आउनु्पर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । पार्टीमा आफूले गरेको योगदानको मूल्याङ्कन गर्दै आफूलाई निर्विरोध रुपमा सचिव पदमा चयन गरेकोमा अब पार्टीको सुदृढीकरणमा आफूले संस्थागत रुपमा सशक्त आवाज उठाउने उहाँले बताउनुभयो ।

‘तामाङ समुदाय पछाडि पारिएको छ । तामाङले पार्टी खोज्दै हिँड्नुपर्ने अहिलेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘यो कार्यकालमा पार्टीले तामाङ खोज्दै हिँड्नुपर्ने बनाउने गरी अघि बढ्नेछु ।’

अब चाँडै नै पालिकास्तरीय समिति गठन गर्नुका साथै संघको आगामी महाधिवेशनमा कोशी प्रदेशको बलियो उपस्थिति देखाउने गरी काम गर्न लाग्ने उहाँको भनाइ छ ।

कसैले फकाएर तँ सिंगापुर जान्छस् कि सिंहदरबार भनेर सोध्दा सिंगापुर होइन सिंहदरबार जान्छु भन्ने अवस्था सिर्जना गर्न प्रतिबद्ध रहने उहाँले प्रतिक्रिया दिनुभयो ।

अधिवेशनबाट सुवास तामाङको नेतृत्वमा कार्यसमित चयन भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments