विराटचोकः लगातार चार दिन घटेको नेप्से परिसूचक हिजो ०.८८ प्रतिशत अर्थात २३.१९ अंकले बढेर २ हजार ६५३.०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृतमध्ये हिजो ३२४ वटा कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै ० दशमलव ४४ प्रतिशतले घटेको छ । होटल र पर्यटन समूह ० दशमलव २५ प्रतिशतले र जीवन बीमा समूह ० दशमलव ०९ प्रतिशतले ओरालो लागेका छन् ।
अन्य समूह सर्वाधिक अर्थात २ दशमलव ६३ प्रतिशतले बढेको छ । जलविद्युत समूह २ दशमलव ३५ प्रतिशतले बढेको छ । लगानी समूह १.१४ प्रतिशतले बढेको छ । बाँकी रहेका समूहहरु ० दशमलव ०७ प्रतिशतदेखि ० दशमलव ५९ प्रतिशतसम्म बढेका छन् ।
हिजो राधी विद्युत कम्पनीको सर्वाधिक ६२ करोड २८ लाख ३ हजार ५५८ रुपैयाँको शेयर कारोबार भयो । युनिभर्सल पावरको ५४ करोड ९५ लाख १२ हजार ५२६ रुपैयाँको, बुटवल पावरको ५१ करोड ३५ लाख ४ हजार ५१३ रुपैयाँको, एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख ३७ हजार ५१४ रुपैयाँको र सीइडीबी होल्डिङ्सको ३७ करोड ७९ लाख १६ हजार ३० रुपैयाँको शेयर किनबेच भएको छ ।
४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मूल्य बढ्ने सबै कम्पनी जलविद्युत समूहका छन् । मकर जितुमाया सुरी, पियोर इनर्जी, दोल्ती पावर र बिन्ध्यवासिनी हाईड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । बुटवल पावर, मायाखोला हाईड्रो, रावा इनर्जी, घलेम्दी हाइड्रो, नेपाल माइक्रो इन्स्योरेन्स र मेन्छ्यायेम हाइड्रो उच्च मूल्य बढ्ने १० कम्पनीमा अटाएका छन् ।
बजार बढे पनि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४७ प्रतिशत घटेको छ । मिथिला लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र नाडेप लघुवित्त उच्च मूल्य घट्ने ५ कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ ।







