Friday, December 5, 2025
Homeखेलकुदबागलुङले जित्यो कानेपोखरीमा भएको दशौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधी

बागलुङले जित्यो कानेपोखरीमा भएको दशौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधी

कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न दशौं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधी बाग्लुङ जिल्लाले हात पारेको छ । जेठ १७ गते जनसेवा माविमा भएको प्रतियोगितामा बागलुङले उपाधी उचालेको हो ।

उपाधी विजेता बाग्लुङले नगद १५ हजारसहित ट्रफी र मेडल हात पारेको छ । बागलुङ जिल्लाले २० स्वर्ण पदक जितेर उपाधी चुमेको हो । सो उपाधी मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ मा रहेको माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो ।

१४ वटा स्वर्ण पदक प्राप्त गरेर भक्तपुर जिल्लाले फस्ट रन अपको उपाधी हात पारेको छ । भक्तपुरले १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । फस्ट रन अपको उपाधी कानेपोखरी ६ रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको थियो ।

खेल संयोजक युवराज भुजेलका अनुसार प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रन अपको उपाधी हात पारेको छ । उपाधीस्वरुप उसले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो ।

खेलमा अनुशासित खेलाडीको उपाधी तेह्रथुम जिल्लाको टिमले पाएसँगै ट्रफी र मेडल प्राप्त गरेको छ ।

बेस्ट प्लेयर सिनियर पुरुषतर्फ २ वटा स्वर्ण र एउटा रजत पदक प्राप्त गर्ने भक्तपुरका आयन श्रेष्ठले पाउनुभएको छ । बेस्ट प्लेयर जुनियर पुरुषतर्फ १ स्वर्ण र १ कास्य पदक प्राप्त गर्ने रुपन्देहीका प्रिन्सि दर्लामी घोषित हुनुभएको छ ।

सिनियर महिलातर्फ २ वटा स्वर्ण पाउने भक्तपुरकी रेसा थापाले र जुनियर महिला तर्फ ३ वटा स्वर्ण पदक पाउने भक्तपुरकी रेणी शाहीले बेस्ट प्लेयरको उपाधि पाउनुभएको छ ।

तीन दिनको खेल अवधिमा २ वटा स्वर्ण पदक जितेर मोरङ चौथो भएको छ । तेह्रथुम, कास्की र नवलपरासी जिल्लाले एकएक वटा स्वर्ण पदक जितेका छन् ।

खेलमा ग्रुप प्याटन सिनियर र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्पा, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ जिल्लाका ३२५ जना खेलाडी सहभागी भएका थिए । खेलमा आस्मा श्रेष्ठ, नितेनकुमार रौनियार, रगुन श्रेष्ठ र कृष्णकुमार थापामगर जुरी तथा निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।

खेलमा सुनिल तामाङ, सनसिला पटेल, दिनेश बिक, सन्देश घर्ती, जीवन रसाइली, सुजन बुढा मगर, एलिस घर्ती, निस्तुला शर्मा, पूजा बि.क., प्रियङ्का सुनार, प्रविना पुन, अनिता तामाङ, सुदीप थापा मगर, सुदीप विश्वकर्मा र आयुश रानामगर रेफ्रीको भूमिकामा हुनुहुन्थ्यो ।

आयोजक समिति तथा कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले निर्णायक र रेप्रीmहरुलाई मायाको चिनो र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

कानेपोखरीमा पहिलो पटक भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी हुनुहुन्थ्यो । विशिष्ट अतिथि नेपाल चाङ हुन सिएच आईटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष कुशल बुढा मगरका साथै अतिथिहरुमा कानेपोखरीको वडा नम्बर ५ र ६ का जनप्र्रतिनिधि तथा मोरङ खेलकुद विकास समितिका सदस्य कुमार फुयल हुनुहुन्थ्यो ।

कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको अध्यक्षतामा सम्पन्न फाइनल खेल समापन समारोहको सचिव दिनेश सुब्बाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments