Monday, January 19, 2026
Homeफिचरबेकरी तालिममार्फत महिलालाई स्वरोजगार बनाउने लक्ष्य सहित तालिम शुरू

बेकरी तालिममार्फत महिलालाई स्वरोजगार बनाउने लक्ष्य सहित तालिम शुरू

विराटचोकः परोपकार महिला समूहको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा पाक कला बेकरी तालिम आजदेखि शुरू भएको छ ।

गोल्डेन क्राउनमा शुरु भएको तालिममा २४ जना महिलाहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले महिलाहरूलाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षक सिद्धार्थ उप्रेतीले केक, पाउरोटी, ब्रेड, डुनट, सुप, पराठा लगायतका बेकरी सामग्री बनाउने विधि सिकाइने जानकारी दिनुभयो ।

सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले प्रशिक्षार्थीले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments