विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरभित्र रहेका संस्थागत विद्यालयहरूको कक्षा सञ्चालनसम्बन्धी अनुमति प्रणालीलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेको हस्ताक्षरमा जारी सूचनामा नगरमा सञ्चालित ४८ वटा संस्थागत विद्यालयहरूको नामवली सार्वजनिक गरेको छ ।
ती विद्यालयले अनुमति प्राप्त कक्षाभन्दा माथिल्लो कक्षा सञ्चालन गरेको पाइएमा सम्बन्धित विद्यालय तत्काल बन्द गरिने र आवश्यक कारबाही सहित विद्यालयको दर्ता अनुमति समेत खारेज गरिने सूचनामा उल्लेख छ ।
शिक्षासम्बन्धी ऐन तथा नियमावलीअनुसार, नयाँ कक्षा सञ्चालन गर्नुअघि पूर्वअनुमति लिनु अनिवार्य रहेको जनाइएको छ ।
यस्तो छ नगरद्वारा जारी सूचना









