विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा संघले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।
कृषि क्षेत्रतर्फ मोहनलाल श्रेष्ठ, दुग्ध व्यवसायीतर्फ रमेश अधिकारी, किराना व्यवसायतर्फ दुर्गा फुयाल, खेलकुदतर्फ दीपक भण्डारी, सञ्चारतर्फ शिवप्रसाद भट्टराई र व्यवसायी राजु अग्रहरीलाई सम्मान गरिएको थियो । संघका कार्यालय सचिव ज्ञाननाथ ढकालको बिदाइ पनि सो कार्यक्रममा गरिएको थियो ।
प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा छिमेकी उद्योगी वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।







