विराटचोकः राइडर्स महफिलको आयोजनामा शनिबार मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा भएको गजल महफिलमा उपस्थितहरू काठमाडौंका रूपक वनवासी, झापाकी रश्मि असफल, मोरङका टीका खड्का राष्ट्रप्रेमी र सुनसरीका सुमन रेग्मीका गजलमा मुग्ध बने ।
तीन चरणमा दुई ओटाका दरले एक जना गजलकारले ६ ओटा गजल सुनाएको सो कार्यक्रम राइडर्स महफिलको सातौँ शृङ्खलाका रूपमा रहेको महफिलका संयोजक यादव भट्टराईले जानकारी दिनुभयो ।
९७ वर्षीय साहित्यकार पं. पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई सम्मान गरिएको थियो । सुन्दरहरैँचा राइडर्स महफिलका सल्लाहकार चूडामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कवि भरत गुरागार्इँ बर्बरिकले गर्नुभएको थियो ।
गजल महफिलभन्दा अगाडि कवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्यको लोकार्पण गरिएको थियो । लोकार्पित खण्डकाव्यमाथि समीक्षक टीका आत्रेयले परिचर्चा गर्नुभएको थियो ।







